Nimbuzz Icon Singing Competition

निम्वजले अनलाईन गायन प्रतियोगिता 'निम्वज आइकन' आयोजना गरेको छ। यस प्रतियोगितामा २ मिनेट सम्मको गीत गाएर निम्वज लाइफस्टाइलमा पोस्ट गरी बढी लाइक (Minimum 100 likes)  हासिल गर्न सफल भएका शीर्ष ३ प्रतियोगीहरुलाई क्रमबद्धरुपमा रु १ लाख, रु ५० हजार र रु २५ हजार नगद पुरस्कार प्रदान गरिनेछ। साथै लकी ड्र मार्फत ५ भाग्यशाली मतदाताहरुले स्मार्ट वाच  जित्ने सुवर्ण अवसर प्राप्त गर्नु हुनेछ।


Nimbuzz डाउनलोड गर्नुहोस्: https://bit.ly/3paVUX9


Nimbuzz आइकन (सिजन १)मतदाताहरुबाट छनौट हुने चरण यस प्रतियोगिताको नियम र शर्तहरुः 


१. यस प्रतियोगितामा भाग लिन इच्छुक सबै योग्य व्यक्तिले प्रतियोगितामा भाग लिन सक्नुहुनेछ । 

२.  प्रत्येक प्रतियोगीले प्रतियोगितामा भाग लिन गीत रेकर्ड गरी Nimbuzz को आधिकारीक LIFESTYLE पेजमा #NimbuzzIcon ह्यासट्याग प्रयोग गरी पोष्ट गर्नुपर्ने छ र पोष्ट गर्न रु. ५०।– शुल्क बुझाउनु पर्नेछ, उक्त रकम फिर्ता हुने छैन ।

३. अवार्ड जित्न योग्य हुनलाई एक प्रतियोगीले आफ्नो पोष्टमा कम्तीमा १०० लाइकहरु प्राप्त गरेको हुनुपर्नेछ ।

४. प्रतियोगिता मिति ३० October देखि सुरु भई मिति ३० December २०२१ मा समाप्त हुनेछ । 

५. प्रतियोगिताका विजेताहरुको नाम प्रतियोगिता समाप्त भएको ३ दिन पछि Nimbuzz द्धारा Nimbuzz Lifestyle को पेजमा पोष्ट मार्फत घोषणा गरिनेछ । 

६. Nimbuzz का कर्मचारी, परामर्शदाता र नजिकका परिवारका सदस्यहरु यस प्रतियोगितामा भाग लिन योग्य हुने छैनन् । 

७. सबै भन्दा धेरै लाइक  प्राप्त गरेका तोकिएका गीतहरु मध्ये शीर्ष ३ पोष्टका प्रतियोगाीहरुलाई क्रमबद्ध रुपमा रु.१००,०००।–, रु. ५०,०००।– र रु. २५,०००।– नगद पुरस्कृत गरिनेछ । (विजयी प्रतियोगीहरुको पोष्टमा न्यूनतम १०० लाइक प्राप्त गरेको हुनुपर्नेछ ।) 

८. प्रत्येक प्रतियोगीहरुले गीत पोष्ट गर्दा ह्यासट्याग #NimbuzzIcon उल्लेख गरेको हुनुपर्नेछ । सो उल्लेखित गरेको पोष्टहरु प्रतियोगिताका लागि योग्यता सुनिश्चित गरिएको मानिनेछ । 

९. पोष्ट गरेको गीतको लम्बाइ अधिकतम २ मिनेटसम्मको मात्र हुनुपर्नेछ । 

१०. प्रतियोगीहरुले कुनै प्रकारको भ्वाइस् ओभर र लिप सिंङ्ग नगरी आफ्नो मौलिक स्वरमा गाउनुपर्नेछ । (सो कार्य गरेको पाइएमा ती प्रतियोगीहरु स्वतः प्रतियोगिताका लागि अयोग्य मानिनेछ) 

११. गीतका लिप सिंङ्ग र संगीत भएका पोष्टहरु प्रतियोगिताका लागि अयोग्य ठहराइनेछ । 

१२. प्रतियोगिताको लागि योग्य गीतहरु Nimbuzz User Account holder को Account बाट मात्र पोष्ट गर्नुपर्नेछ । कुनै प्रतियोगीले आफ्नो खाताबाट अर्को प्रतियोगीको गीत वा आफ्नो गीत अरु प्रयोगकर्ताको खाताबाट पोष्ट गरेमा अयोग्य मानिनेछ । तसर्थ प्रतियोगीले आफ्नो खाताबाट आफ्ना साथीहरु र परिवारका सदस्यहरुको गीत पोष्ट गरेमा निज प्रतियोगी स्वतः अयोग्य ठहरिनेछ । 

कुनै पनि प्रतियोगीले पोष्ट गरेको Nimbuzz आइकन अयोग्य ठहराउन Nimbuzz सँग सर्वाधिकार हुनेछ । यस्तो अधिकार प्रयोग गरी लिइएका निर्णयहरु Nimbuzz आइकनका सबै प्रतियोगीहरु तथा मतदाताहरुले स्वीकार गर्नु पर्नेछ । 

१३. प्रतियोगीहरूले आफ्नो रोजाइ अनुसार तोकिएको गीतको एक वा एकभन्दा बढी पोस्टहरू पोस्ट गर्न सक्नेछन् । त्यस्तो अवस्थामा प्रत्येक पोष्टमा लाइकहरू विशेष रूपमा गणना गरिनेछ अर्थात् एक प्रतियोगी जसले धेरै पटक पोस्ट गरेको छ र ती पोष्टहरूमा धेरै लाइकहरू छन् भने प्रतियोगीको बहु पोष्टहरूबाट लाइकहरू संकलन÷एकीकृत गर्न पाइने छैन । प्रतियोगीहरुले प्रत्येक पोष्टबापत प्रतियोगी पोष्ट शुल्क तिर्नुपर्नेछ ।

१४. प्रतियोगिताको लागि प्रत्येक पोस्टमा प्रतियोगीहरूले हालको फोटो राख्न प्रोत्साहन गरिन्छ तर उक्त कार्य अनिवार्य गरिने छैन ।

१५. कुनै पनि प्रतियोगीको गीत लाइक गरेमा मतदाताको वालेटबाट मात्र रु. १ कट्टा गरिनेछ ।

१६. Nimbuzz ले आफ्नो पूर्ण अधिकार प्रयोग गरी लक्की ड्र मार्फत पॉच भाग्यशाली मतदातालाई Xiaomi डिजिटल घडी प्रदान गर्नेछ । यस प्रतियोगितामा भाग लिएर वा लाइक गरेर, लक्की ड्र द्धारा नतिजा प्रकाशन गर्ने भनी Nimbuzz ले आफ्नै पूर्ण अधिकार प्रयोग गरी लिएको निर्णय सबैले स्वीकार गरेको मानिनेछ । यस्तो निर्णय पारदर्शी रूपमा नगरिएको भनी उल्लेख गरेको कुनै पनि टिप्पणी स्वीकार्य हुनेछैन, सोबाट भएको क्षति उपर Nimbuzz ले आवश्यक कानूनी मार्ग अपनाउन सक्नेछ । यी लक्की ड्र पुरस्कारहरू Nimbuzz एप  प्रयोग गर्न प्रोत्साहित गर्न Nimbuzz द्वारा प्रदान गरिएको हो । ।

१७. प्रतियोगीहरूको पोस्टमा सबैभन्दा धेरै लाइक गरि मतदान गर्ने एक मतदातालाई एउटा Xiaomi डिजिटल घडी प्रदान गरिनेछ ।

१८. प्रतियोगीको पोष्टमा लाइक गर्ने मतदाताले कुनै पनि आपत्तिजनक, अश्लील, अपमानजनक, भेदभावपूर्ण वा राजनीतिक कमेन्ट÷टिप्पणीहरू पोष्टमा उल्लेख गरेमा, ती मतदाताको मत अयोग्य हुनेछ।साथै प्रतियोगीहरुलाई त्यस्ता पोस्ट सूचित गरिनेछ र त्यस्ता मतदाताहरुको मतदान शुल्क फिर्ता गरिनेछैन ।

१९. Nimbuzz को स्वःविवेकमा प्रतियोगिता रद्द, स्थगित, छिटो वा ढिलो गर्ने सर्वाअधिकार Nimbuzz मा निहित रहनेछ ।

२०. Nimbuzz को एप्समा सिस्टममा कुनै प्राविधिक समस्याहरु जस्तै एप क्य्रास, सुरक्षा उल्लङ्घन आदि उत्पन्न भएमा प्रतियोगिता रद्द गर्ने वा ढिलो वा छिटो गर्ने निर्णय गर्ने अधिकार Nimbuzz मा निहित हुनेछ । यस्तो स्थिति सिर्जना भएमा Nimbuzz ले आफ्नो वेबसाइट www.nimbuzz.com मा सो सम्बन्धी सूचना प्रकाशित गर्नेछ ।